टेम्केमैयुङ गाउँपालिकाको आधिकारीक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

गाउँ परिचय

  टेम्केमैयुङ गाउँपालिका नेपालको १ नं. प्रदेश भोजपुर जिल्लाको सदरमुकाम बाट करिब २८ कि मि पश्च्मिमा रहेको छ । यस गाउँपालिका रहेको स्थानलाई मध्यकालीन नेपालमा पूर्व ४ नम्वरको  किल्ला भनेर पनि चिनिन्छ । भौगोलिक विविधतायुक्त यस गाउँ क्षेत्रले ऐतिहासिक महत्व पनि राख्दछ । मध्ये पहाडी राजमार्गले छोएको हुँदा नेपालको राजधानीसम्म आवागमन गर्न सहज हुने सम्भावना रहेको यस गाउँपालिका  पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक देखिन्छ ।

गाउँ क्षेत्रबाट पश्चिम तर्फ रहेको टम्के डाँडो, सेल्मे डाँडा, पश्चिम उत्तर तर्फ रहेको चखेवा डाँडा लगाएत मजुवा पोखरी, हास पोखरी, मैयुङ डाँडा, महिभर झरना, सावा झरना, पन्ची झरना, माक्सा झरना तथा तावा भञ्नज्याङले टेम्केमैयुङ गाउँपालिकामा पर्यटकहरुलाई कम्तिमा एक पटक भ्रमणका लागि निम्तो दिइरहे झैं लाग्छ ।  यसैगरि यस क्षेत्रमा घोरल, मृग, चितुवा,  लोपन्मुख रेड पान्डा, मुनाल, कालिज, विभिन्न प्रजातिका बाजहरु, पानिहासँ प्युरा जस्ता पंक्षीहरु पाइन्छन ।  यसैगरी यस गाउँपालिकाको वडा नं ३ स्थित अन्नपुर्ण भुरुचोक डाँडा र सो आसपासका क्षेत्रबाट दृश्यावलोकन गर्न सकिने हिमाल तथा चाँप अनि गुरासँ फुलुदाको महनमोहक दृश्य लगाएत पिखुवा खोला, हिखुंवा खोला, याङटाङ खोला र वाचिम्ले खोलाहरुको दृश्य देख्न सकिन्छ । याहाँका बासिन्दाको पेशागत कुरा गर्दा कृषि, पशुपालन, सुन्तला, कागति, जुनार, अदुवा र अलैचि उत्पादन मुख्य पेशा रहेको तथा ब्रिटिस सेना र भारतिय सेनाहरुमा बढि संल्गनता रहेको जानकारी पाइन्छ । यस गाउँको सामाजिक संरचनाका हिसाबले मिश्रित बस्ती, पितृसतात्मक परिवार, हिन्दु तथा किरात धर्मावलम्वीहरुको बाहुल्यता, एकल परिवार रहेका छन् । यस गाउँपालिकाको बस्ति (settlement pattern) छरिएर रहेका कारण विकासका पूर्वाधारहरु समान रुपले लैजान उत्तिकै चुनौतिकारुपमा रहेको तथा आफैंमा सम्भावना र अवसर बोकेको देखिन्छ । यस गाउँपालिकाको अन्य संक्षिप्त विवरण देहाय वमोजिम रहेका छन् ।

सीमाना -   पूर्व - भोजपुर न पा
उत्तर पश्चिम - रुपाकोट मझुवागडी न पा, केपिलास गडी गा पा र साकेला  गा पा खोटाङ
उत्तर पूर्व - साल्पासिलिछो गा पा, षडान्नद न पा

पश्चिम - खोटाङ गा पा
दक्षिणः रामप्रसादराइ गा पा
उचाइ  - समुद्र सतहबाट ३३०० मिटर मयुङ।
क्षेत्रफल  -  १७३.४१ (वर्ग कि.मी.)
हावापानी - समशितोष्ण ।

समाबेश साबिक गाविस - तिम्मा, छिनामखु, अन्नपुर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क ।

जनसंख्या -  १७९११कुल जम्मा 
गाउँपालिकाको नामाकरण  नेपालको संघीय प्रदेश नं.१ मा पर्ने भोजपुर जिल्लाको यो गाउँपालिकाको नाम यसै गाउँपालिकाको पश्चिम तर्फ रहेको टम्के डाँडा र मयुङ डाँडाको प्रतिनिधित्व हुने गरि "ट्म्केमैयेङ गाउँपालिका"  नामाकरण भएको हो ।
गाउँपालिकाको प्रशासनिक विभाजन -  प्रशासनिक कामकाजलाई व्यवस्थित गर्दै गाउँपालिकाको शासन व्यवस्थालाई चुस्त छरितो बनाउन यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ । ।
गाउँपालिकाको मुख्य नदी, खोलाहरु
खोलाहरु -  सेरा खोला, पिखुवा खोला,  हिउखुवा खोला,  गोगने खोला,  सिक्त्तेल खोला।
 

धन्यवाद ।